थाहा पाइराखाैं ग्रीन टी पिउने सही तरीका, यस्ता छन् अचम्मका फाइदा

काठमाडाैं । केहि वर्षयता ग्रीन टी धेरै नै लाेकप्रिय छ । धेरैले यसलाई ताैल घटाउन र शरीरलाई चुस्त दुरूस्त बनाउनकाे लागि प्रयाेग गर्ने गर्छन् ।

तर, यसकाे फाइदा यतिमात्रै छैन, यसले शरीरलाई स्फूर्ती प्रदान गर्छ र हामीलाई लामाे समयसम्म एक्टिभ राख्न मद्दत गर्छ । यसले हाम्राे छाला पनि चम्किलाे र मुलायम बनाउँछ । यसले हाम्राे शरीरमा भएका विषाक्त पदार्थहरूलाई बाहिर निकाल्न पनि मद्दत गर्छ ।

ग्रीन टीको प्रत्येक कप एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ जसले मुटुसम्बन्धी रोग लाग्न दिँदैन, मस्तिष्कको कार्यसम्पादनमा सुधार ल्याउँछ र क्यान्सर हुने सम्भावना कम गराउँछ ।

तर, यसकाे सेवन गर्ने पनि एउटा सहि विधि छ । यसलाई पिउने एक सहि समय पनि तय गर्नुपर्छ हाेइन भने यसले हानी गर्न पनि सक्छ । त्यस्तै ब्लड प्रेसर लाे भएका मानिसहरूले पनि यसकाे सेवन नगरेकै राम्राे हुन्छ ।

ग्रीन टी खाली पेटमा पिउनु हुँदैन । यसकाे सेवन गर्ने सबैभन्दा उपयुक्त समय भनेकाे बिहान खाना खानुभन्दा एक घन्टा अगाडी र बेलुका सुत्नुभन्दा दुइ घन्टा अगाडि हाे । त्यस्तै दिउँसाे पिउँदा पनि फरक पर्दैन ।

ग्रीन टीको सबैखाले फाइदालाई राम्रोसँग पाउन यसलाई कसरी राम्राेसँग बनाएर पिउने भन्ने बारेमा जानकार हुनुपर्छ । गर्नको ग्रीन टी बनाउने उपयुक्त तरिकाको बारेमा जानकार हुनुपर्छ ।

यसरी बनाउनुहाेस् ग्रीन टी

१. चियाका पातहरू अलि खुकुलो बनाउनुहोस् जसले चियाको स्वाद उच्च कोटीको बनाउँछ । एक कप चिया बनाउनको लागि एक चम्चा चिया राख्न सबैभन्दा उत्तम हुन्छ । धेरै जनाको लागि चिया बनाउँदै हुनुहुन्छ भने पनि त्यहीअनुसार चिया बनाउनुहोस् ।

२. पानीमा भिजाउने समय तपाईंले प्रयोग गर्नुभएको ग्रीन टीको प्रकारमा भर पर्छ । सामान्यतया ग्रीन टीलाई २/३ मिनेटसम्म भिजाउनुपर्छ । एकपटक भिजाइसकेपछि चियाको पातलाई निकाल्नुहोस् ।

३. ग्रीन टी धेरैबेर पानीमा भिजाउनुभयो भने धेरै तीतो हुन्छ । चियाको स्वाद मन्द भएमा अर्काेपटकबाट अलि धेरै चियाको भिजाउनुहाेस् वा एक मिनेट बढी भिजाउनुहाेस् ।

४. सेरामिक कपमा चिया सर्भ गर्नुहाेस् । परम्परागत रूपमा जापानी ग्रीन टी भित्री भाग सेतो भएको सानो सेरामिक कपमा सर्भ गरिन्छ । सेरामिक बाहेकको अन्य कपले चियाको स्वादलाई असर गर्नसक्छ । त्यस्तै जति सानो कप भयो चिया उति राम्रो गुणस्तरको हुन्छ ।

५. चियामा चिनी, दूध वा अरू चीज नथप्नुहोस्, यसमा अरू चीज मिसाउनुहुन्न । ग्रीन टी धेरै नै कडा स्वादको हुन्छ र यसलाई राम्रोसँग बनाएमा स्वाद आफैं राम्रो हुन्छ । सधैं गुलियो र फ्लेबर भएको चिया पिउने बानी छ भने सुरुमा तपाईंलाई ग्रीन टी को कच्चा स्वाद मन पर्दैन होला तर, याे विशेष खालकाे चिया भएकाले दुई चार कप पिएपछि विस्तारै तपाईंलाई बानी पर्छ ।

६. ग्रीन टी को पातबाट तीनपटकसम्म चिया बनाउन सकिन्छ । पुनः प्रयोग गर्दा पटमा चियाको पात राखेर तातोपानी राख्नुहोस् र ग्रीन टीलाई पहिले जस्तै गरेर तीन मिनेटसम्म भिजाउनुहोस् । यसरी तपाईंले ग्रीन टी बनाएर पिउन सक्नुहुन्छ । (एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here