आरोग्य कन्स्ट्रक्सनसहित ७ कम्पनी एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा

काठमाडौं, ६ माघ । सम्झौताअनुसार काम सम्पन्न नगरेको भन्दै सरकारले आरोग्य कन्स्ट्रक्सनसहित विभिन्न सात कम्पनीलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अुनगमन कार्यालयले विभिन्न कार्यालयको सिफारिसका आधारमा ती कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

यी सबै कम्पनीहरूलाई माघ ५ गते बुधवार सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा(१) बमोजिम कालोसूचीमा राखेको हो।

कालोसूचीमा परेका उनीहरूले अबदेखि तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

कालोसूचीमा परेका कम्क्पनीमा डाइग्नोकेम– जय शम्भु जेभी, ग्रीन टेक प्रोजेक्ट प्रालि, एस।एन।सी निर्माण सेवा, शाह निर्माण सेवा तथा आरोग्य कन्स्ट्रक्सन प्रालि रहेका छन्।

आरोग्यलाई ३ वर्षका लागि तथा डाइग्नोकेम– जय शम्भु जेभीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ भने अन्य कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन्।

बालन ब्रदर्श कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ। सडक पूर्वाधार विकास कार्यालय दाङको सिफारिसका आधारमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो।

यस्तै काठमाडौंको तारकेश्वर नगरपालिकाको सिफारिसमा बरदान कनसल्टेन्ट एण्ड कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here