बाघकाे जुंगा उखेलेपछि तिर्नुपर्याे ५ लाख जरीवाना

बर्दिया, १९ असार । हाम्राे समाजमा बाघको जुँगा उखेल्नेलाई बहादुर, हिम्मतवाला लगायतका उपनाम दिने गरिएको छ । तर, बर्दियामा भने मरेको बाघको जुँगा उखेल्नेले जरिवाना तिर्नुपरेको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले मरेको बाघको जुंगा उखलेर घर लुकाएको आरोपमा पक्राउ परेका गेरुवा–४, शान्तिपुर धकनियाका सुन्दरलाल चौधरीलाई मंगलबार ५ लाख जरिवाना तिराएको हो । बाघको जुँगा घरमा राख्नु गैरकानुनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो ।

बाघ मारेको प्रमाण फेला नपरेपछि जुंगा उखलेको अभियोगमा जरिवाना तिराई अदालतले छाडेको छ । वन्यजन्तु मारेको र अंग ओसारपसारमा संलग्न अभियुक्तलाई ५ देखि १५ लाख जरिवाना हुने कानुनी प्रावधान छ ।

पुस २८ मा जुँगा उखेलेर घरमा लुकाई राखेको भन्दै बर्दिया निकुन्जले पक्राउ गरी वन्यजन्तु ऐन अन्तर्गत उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here