काठमाडौं, ६ माघ । लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनरकर्जा ६ महिनामा एक खर्ब ६ अर्ब ८ करोड रुपैयाँ प्रवाह भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक पुस मसान्तसम्ममा २४ हजार २६७ जना ऋणीलाई पुनरकर्जा स्वीकृत गरेको हो ।
ग्राहकको मूल्यांकनका आधारमा प्रदान गरिने विशेषतर्फ २० जनालाई तीन अर्ब ५० करोड र साधारण तर्फ ८२ जनालाई १० अर्ब १२ करोड रुपैयाँ स्वीकृत गरिएको छ ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थालाई एकमुष्ट प्रदान गरिने कर्जा ४२ संस्थाका दुई हजार ९६० वटा शाखा कार्यालयबाट प्रवाह भएको छ ।
ग्राहक ऋणी मूल्यांकनका आधारमा स्वीकृत भएको पुनरकर्जामध्ये प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी पुनरकर्जा वाग्मती प्रदेशमा गएको छ । कुल पुनरकर्जामा वाग्मती प्रदेशको हिस्सा ५२.१५ प्रतिशत रहेको छ ।
दोस्रोमा गण्डकी प्रदेशमा १८ प्रतिशत, लुम्बिनी प्रदेशमा १३, प्रदेश १ मा १२.२२, प्रदेश २ मा ३.६२ प्रतिशत र सूदुरपश्चिम प्रदेशमा ०.७२ प्रतिशत पुनरकर्जा प्रवाह भएको बताइएको छ ।
क्षेत्रगत आधारमा सबैभन्दा बढी पुनरकर्जा पर्यटन क्षेत्रले प्राप्त गरेको तथ्याङ्कले देखाएको छ। पुस महिनासम्मको तथ्यांकका आधारमा पर्यटन क्षेत्रमा मात्रै ६ अर्ब ७९ करोड २२ लाख रुपैयाँको पुनरकर्जा स्वीकृत भएको छ। यो कुल कर्जाको ४९.८९ प्रतिशत हुन आउँछ।
दोस्रो बढी पुनरकर्जा स्वीकृत भएको क्षेत्र जलविद्युत हो । यस क्षेत्रमा ३ अर्ब २४ करोड ५ लाख रुपैयाँको पुनरकर्जा प्रदान भएको छ। सर्वाधिक कम पुनरकर्जा भने कपडा क्षेत्रका लागि स्वीकृत भएको छ।
पुनरकर्जा कार्यविधि २०७७ अनुसार विशेष पुनकर्जाको लागि जम्मा ३ प्रतिशत र साधारण पुनरकर्जाको व्याजदर जम्मा पाँच प्रतिशत मात्र ब्याज तिरे पुग्नेछ।
कसले कति पाए ?