सरकारको कार्यकाल बचाउमै खर्चिए देउवाले देशवासीका नामको सम्बोधन (पूर्णपाठ)

फाइलफोटो

काठमाडौं, ७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको ६ महिने कार्यकालको बचाउ गरेका छन्।

शुक्रबार देशवासीका नाममा सम्बोधनका क्रममा उनले आगामी वर्ष तीनै तहको निर्वाचन सक्ने पनि बताएका छन्।

देउवाले कोभिड नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी बनाइएको बताए ।

सरकारको प्राथमिकता नागरिक जीवनको रक्षाका साथै सुशासन र विकास रहेको भन्दै प्रधानमन्त्री देउवाले ६ महिनाको अवधिमा गरेका कामहरुको फेहरिस्त पढेर सुनाएका थिए ।

उनले सम्बोधनका क्रममा देशका हरेक आर्थिक सूचक सकारात्मक रहेको बताउँदै आगामी वर्ष उच्च आर्थिक वृद्धि हुने पनि जिकिर गरे।

त्यस्तै देउवाले यही वर्षभित्र मेलम्ची खानेपानी आयोजना पुन:स्थापना गरेर काठमाडौंबासीलाई खानेपानी उपलब्ध गराउने पनि वाचा गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here