भिजिट भिसामा खाडी मुलुक जान प्रतिवन्ध

काठमाडौं, ७ माघ । नेपाल सरकारले भिजिट भिसामा खाडी मुलुक जान तत्कालका लागि रोक लगाएको छ । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय सार्वजनिक गरेको हो ।

बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्णय गरेको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

पछिल्लो समय भिजिट भिसामा पुगेर उतै काममा जाने प्रवृत्ति बढेको छ । यसले नेपालीहरुको सुरक्षामा समेत चूनौति खडा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here