उपत्यकामा ४७ हजार सक्रिय संक्रमित, जोरविजोर प्रणालीको सास्तीले झनै बढ्ने

काठमाडौं, ८ माघ । काठमाडौं उपत्यकामा ५ हजार ३०६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा तीन हजार ७६२ जना संक्रमित थपिएका छन्।

यस्तै, ललितपुरमा एक हजार ११० र भक्तपुर जिल्लामा ४३४ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ४७ हजार २४ छ । त्यसमध्ये काठमाडौंमा मात्रै ३४ हजार १५९ जना सक्रिय संक्रमित छन् । हाल ललितपुरमा आठ हजार २२० र भक्तपुरमा चार हजार ६४५ सक्रिय संक्रमित छन् ।

देशभरका सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै आधाभन्दा बढी छन्। हाल देशभर ७२ हजार ८६२ जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौँ उपत्यकामा शनिवार बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जोरबिजोरले गर्दा यात्रुको चाप निकै बढेको छ । काममा जाने यात्रुहरू ठाउँठाउँ गाडी कुरिरहेको देखिन्छ ।

कामधन्दा जान कटौती नहुने तर यातायातका साधन भने घट्ने भएर यात्रुको चाप बढेको छ । यसले गर्दा यातायातमा झन भीड बढ्न सक्नेतर्फ चिन्ताहरू पनि थपिएका छन् भने काममा जाने यात्रुहरूलाइ सास्ती भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here