काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ।
शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको सचिवालयले जानकारी दिएको छ।
केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएको थियो। उनी हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।
सचिवालय स्रोतका अनुसार ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या छ। कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्।
यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ।