मधेश प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब भएपछि…

काठमाडौं, ९ माघ । तत्कालिन प्रदेश नम्बर -२ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा नेपालकाे ‘चुच्चे नक्सा’ समेटिएको छैन ।

सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत भारतबाट अतिक्रमित भूभाग समेटेर नयाँ नक्सा जारी गरेको दुई बर्ष वितेको अवस्था हुदाँ पनि मधेस प्रदेशले भने पुरानै नक्सामार्फत राजपत्र प्रकाशित गरेको हाे ।

मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्विकार गरेका छन ।

‘चुच्चे नक्सा’ नसमेटि पुरानै नक्सा राखेर राजपत्र प्रकाशित भए पछि मन्त्री साहले सच्चाउने प्रतिवद्धता जनाएका हुन् ।

‘नेपालको पुरानै नक्सा राखेर भुलवस राजपत्र प्रकाशित भएछ, अब नयाँ नक्सासहितको राजपत्र प्रकाशित गर्नेछौं,’ मन्त्री साहले भने । उनका अनुसार प्रावधिक कारणले मात्रै उक्त राजपत्रमा पुरानो नक्सा पर्न गएको हो ।

सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा पारित गरी नेपाल सरकारको लोगो नयाँ निमार्ण गरेको दुई बर्ष नाघेको अवस्था हुदाँ हुदैँ माघ ३ देखी लागु हुने गरी हिजो सार्वजनिक राजपत्रमा भने मधेस प्रदेशले पुरानै नक्साको निशान चिन्हसहित राजपत्र प्रकाशित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here