८ अंकले घट्यो नेप्से, ६७ करोडको कारोबार

काठमाडौं, १९ असार । विहिबार नेप्से परिसूचक ८.२७ अंकले घटेर १ हजार २ सय ६०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशत कम हो ।

कारोबारमा आएका सबै समुहहरुको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको हो ।

विहिबार सबैभन्दा धेरै निजीवन समुहको सूचक १.२० प्रतिशतले घटेको छ । त्यस्तै हाटेलको १.१५ र जलविद्युतको १.०४ प्रतिशतले घट्यो भने अन्य समुहको सूचक सामान्य प्रतिशतले घट्यो ।

विहिबार ७ हजार ८ सय ४४ कारोबारबाट १ सय ७७ कम्पनीका ८९ लाख ८५ हजार ३ सय ५३ कित्ता शेयर किनबेच भए ।

जसबाट ६७ करोड १ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here