खल्तीले राष्ट्रसंघबाट जित्यो फिनटेक इन्नोभेसन फन्ड

काठमाडौं, १९ असार । नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रुपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जितेको छ ।

खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका जम्मा १० वटा उद्यमहरु उक्त इन्नोभेसन फन्डको विजेता घोषित भएका हुन् ।

उक्त फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुलाई व्यवसाय वृद्धी र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम ल्याउने बताएको छ ।

खल्तीले उक्त कार्यक्रम कार्यान्वयन गर्न ३५०० महिला आबद्ध भएको संजाल सार्क बिजनेश एशोसिएशन अफ होम बेस्ड वर्कर्स (सबह) नेपाल सँग सहकार्य गर्ने जनाएको छ ।

सबह नेपालले गृहिणीहरुको शीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ । परियोजना सञ्चालन गर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्त रुपमा खल्तीलाई वित्तीय र प्राविधिक सहयोग प्रदान बताईएको छ ।

यस परियोजना अन्तर्गत पूर्वमा संखुवासभा देखि पश्चिममा दार्चुला सम्मका १२ वटा जिल्लाहरुमा ३५०० भन्दा बढी महिला उद्यमीहरुलाई सहयोग गरिने खल्तिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here