भिभोको ‘भी २३ ई’ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण ‘भी २३ ई’को बिक्री नेपालमा मंगलबारबाट थालेको छ ।

भिभोले उक्त स्मार्टफोन प्रि-बुकिङका लागि उपलब्ध गराएको ४८ घण्टाभित्र १ सयभन्दा बढी सेटहरु बुक भएको जनाएको छ ।

उपभोक्ताहरुलाई अद्वितीय अनुभव प्रदान गर्न भिभो भी २३ ई एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट तथा मल्टि-स्टाइल पोर्ट्रेटसहितका थुप्रै पोर्ट्रेट मोडयुक्त ५० मेगापिक्सेल अटोफोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरा फिचर भएको स्टेलर इनोभेशन सहित आएको छ।

सबैखाले अवस्थामा स्पष्ट सेल्फी लिनका लागि एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट तथा मल्टि-स्टाइल पोर्ट्रेट मोड रहेको ५० मेगापिक्सेलको अटोफोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त नयाँ भी२३ई सेल्फीका पारखीहरुका लागि वरदान सावित भएको छ।

यसले डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल-भ्यू भिडियो तथा स्टेडिफेस सेल्फी भिडियोका माध्यमबाट फोटो तथा भिडियो खिच्ने अनुभव (शूटिङ एक्सपिरियन्स) मा अझ सुधार ल्याउँछ।

रातको समयमा फोटो तथा भिडियो खिच्न शौखिनहरुका लागि यसमा पछाडिपट्टि ६४ मेगापिक्सेलको नाइट क्यामरा दिइएको छ।

भी २३ई एक्स्टेन्डेड र्याम २.० प्रविधिसहित आएको छ जसका कारण ८ जीबी र्यामबाहेक आवश्यकता परेको बेला आन्तरिक स्टोरेजको ४ जीबीलाई पनि र्यामका रुपमा प्रयोग गर्न सकिन्छ। यसले र्यामसँग सम्बन्धित चिन्ता हटाएर स्मार्टफोन चलाउँदा कुनै प्रकारको सुस्तताको अनुभव हुन दिँदैन।

जम्मा ७.३६ मिलिमिटर मोटाई रहेको भी२३ई एकदम पातलो र हलुका रहेको छ भने यसमा प्रयोग गरिएको एन्टि-ग्लेयर ग्लासले फोन चलाउँदा निकै रेशमी स्पर्शको अनुभव प्रदान गर्छ । उपभोक्तालाई उत्कृष्ट प्राविधिक उन्नति तथा प्रयोगकर्ता-केन्द्रित इनोभेशन प्रदान गर्न यो डिभाइसमा फनटचओएस १२ अपरेटिङ सिस्टम राखिएको छ ।

आफ्ना उपभोक्तालाई स्मार्टफोनमा अझ बढी काम गर्न तथा उन्नत स्तरको अनुभव लिन सशक्त बनाउने भिभोको विरासतलाई निरन्तरता दिँदै यो डिभाइसमा ४४ वाटको फ्ल्याशचार्ज फिचर समावेश गरिएको छ जसले उपभोक्ताको सबै दैनिक आवश्यकताका लागि अविच्छिन्न प्रयोग सुनिश्चित गर्दछ।

भिभो भी २३ ई ले उत्कृष्ट सेल्फी फोटोग्राफी अनुभव प्रदान गर्ने तथा सेल्फीका पारखीहरुको आवश्यकता पूर्ति गर्ने भएकाले यसलाई नेपाली स्मार्टफोन बजारमा गेम-चेञ्जर डिभाइसका रुपमा लिन सकिन्छ।

शक्तिशाली पर्फर्मेन्स तथा पातलो र स्टाइलिश डिजाइनयुक्त भिभो भी २३ ई मा प्राविधिक उन्नति तथा फेशनेबल स्टाइलको सम्मिश्रण रहेकाले यसले दुवै क्षेत्रको उत्कृष्ट अनुभव प्रदान गर्दछ।

मूनलाइट श्याडो तथा सनशाइन कोस्ट गरी दुई रंग संयोजनमा उपलब्ध भी २३ ई नेपालमा गत जनवरी १८ मा सार्वजनिक भएको थियो ।

यो डिभाइस रु. ४४,९९९ (८ जीबी र्याम/१२८ जीबी स्टोरेज ) तथा रु. ४९, ९९९ (८ जीबी र्याम/२५६ जीबी स्टोरेज) मा खरिदका लागि उपलब्ध भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here