यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११९ रुपैयाँ ९५ पैसा

काठमाडौं, १३ माघ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ २१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here