काठमाडौं, १३ माघ । मुलुकभर तथा संसारका २०० बढी मुलुकमा कारोबार विस्तार गरेको इसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी युनिमोनीबीच रेमिट्यान्स सम्झौता भएको छ ।
सम्झौतासँगै कतारमा रहेका नेपालीहरूले युनिमोनीको कतारमा रहेका ९ ओटा शाखाहरूमा गएर इसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन सक्ने छन् ।
युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा इसेवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ ।
युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ ।
साथै, पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ ।
यसले कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको कम्पनीले जनाएको छ ।
युनिमोनी कतार, कतारको सेन्ट्रल बैंकबाट इजाजत प्राप्त संस्था हो, जसले आफ्ना ग्राहकहरूका वित्तीय आवश्यकता मध्येनजर गर्दै सहज रूपमा पैसा र विदेशी मुद्राको एक देशबाट अर्को देश आवागमन गराउँदै आएको छ ।
त्यसका लागि यसले आफ्ना सेवा संसारका विभिन्न मुलुकमा रिटेल स्टोरदेखि डिजिटल माध्यमसम्म विस्तार गरिसकेको छ । इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।