जडीबुटी प्रशोधन केन्द्रकाे महाप्रवन्धकका लागि दरखास्त आहृवान

काठमाडौं, १४ माघ । वन तथा वातावरण मन्त्रालयले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तको तयारी थालेको छ ।

यसअघिका महाप्रबन्धक ज्ञानेश्वर कार्कीको कार्यकाल सकिएपछि छनोट समितिले शुक्रबार विज्ञापन आह्वान गर्दै १५ दिनभित्र दरखास्त पेश गर्नको लागि विज्ञापन माग गरेको छ ।

आवेदकको उमेर ३० वर्ष पूरा भएको हुनुपर्नेछ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालनका लागि व्यवसायिक कार्ययोजना (बढीमा १५ पेजको) पनि माग गरिएको छ भने व्यवसायिक कार्ययोजनामा कम्पनीलाई विस्तार गर्ने रणनीतिक योजनासमेत पेश गर्नुपर्ने छ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विज्ञान, समाजशास्त्र, व्यवस्थापन, वनस्पतिशास्त्र वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातक तह उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

कम्पनीले जडीबुटीको उत्पादन, प्रशोधन, बिक्री र बजारीकरणको काम गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here