थप ६ हजार ८२७ जनामा कोरोना पुष्टी, १० संक्रमितको निधन

काठमाडौं, १४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६०७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २० गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४४हजार ७४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५४३२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ९४ हजार ४७४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १० रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here