चीनका वैज्ञानिकको चेतावनी-‘नियोकोभ’ भेरियन्ट फैलिँदै, मानिसका लागि कति खतरा ?

काठमाडौं । कोरोनाकाले तेस्रो लहरले विश्व आक्रान्त भइराखेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने नयाँ भेरियन्ट ‘नियोकोभ’ को विषयमा अध्ययन थालेको छ।

डब्लुएचओले यस विषयमा धेरै अध्ययन आवश्यक रहेको बताएको छ। नयाँ भेरियन्ट नियोकोभ दक्षिण अफ्रिकामा देखिएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। यस भेरियन्टको संक्रमण र संक्रमितको मृत्युदर अन्यभन्दा उच्च रहेको अनुसन्धानकर्ताहरुले बताएका छन्।

चिनियाँ अनुसन्धानकर्ताहरुले यो भेरियन्टलाई अहिलेको खोपले काम नगर्ने र तीन संक्रमितमध्ये एक जनाको मृत्यु हुनसक्ने चेतावनी दिएका छन्। चिनियाँ वैज्ञानिकहरुले उक्त खतरनाक भेरियन्ट तीव्ररुपमा फैलनसक्ने भन्दै सतर्क रहन सुझाव दिएका हुन् ।

चीनको वुहानका वैज्ञानिकहरुले नयाँ भरियन्ट ‘नियोकोभ’ तुलनात्मक रुपमा निकै खतरनाक भएको दाबी गर्दै तत्काल नियन्त्रणका उपायहरु अपनाउन आग्रह गरेका छन्।

अनुसन्धानकर्ताले यो भाइरस जनावरमा तीव्र रुपमा फैलिएको बताएका छन्। चीनमा भएको अनुसन्धानले नियोकोभ भाइरस भेरियन्ट तीव्र रुपमा जनावरमा फैलिएको पुष्टि भएको हो।

अहिले जनावरमा फैलिएको यो भाइरस भविष्यमा मानिसमा सर्ने खतरा रहेको अनुसन्धानकर्ताले बताएका छन्। कोरोना भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर किसिमका समस्या निम्त्याएको छ। शवासप्रश्वासमा हुने समस्याले मानिसको ज्यान जाने गरेको छ।

अध्ययनले यो भेरियन्ट मान्छेका लागि कति खतरनाक छ भन्ने निष्कर्ष निकालिसकेको छैन। यो विषयमा अध्ययन आवश्यक भएको डब्लुएचओलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

संक्रामक रोगको स्रोत जनावर

डब्लुएचओका अनुसार मानिसमा आउने सबै संक्रामक रोगको ७५ प्रतिशतभन्दा धेरै स्रोत जनावर हुन्।

अध्ययनले जंगली जनावर संक्रामक रोगका ठूला स्रोत भएको पुष्टि गरेको छ। कोरोनासमेत जनावरबाट मानिसमा फैलिएको भाइरस हो।

अध्ययनको अन्तिम समीक्षा आउन बाँकी भए पनि नियोकोभिडमा एक म्युटेशनपछि मानिका लागि खतरनाक बन्न सक्ने डब्लुएचओले जनाएको छ।

‘नियोकोभिडमा एक म्यूटेशनपछि मानिसको लागि खतरनाक बन्नसक्छ’, डब्लुएचओले भनेको छ, तर, यो अध्ययनको अन्तिम समीक्षा सार्वजनिक भइसकेको छैन।’

दक्षिण अफ्रिाकाको चमेरामा भेटिएको थियो नयाँ भाइरस

कोरोनाको यो नयाँ भेरियन्ट दक्षिण अफ्रिकामा पाइएको हो । यस भेरियन्टको पुष्टि अहिलेसम्म चमेरामा मात्र भएको छ । वुहान युनिभर्सिटी र चाइनीज एकेडेमी अफ साइन्सेस, इन्स्टिच्युट अफ बायो फिजिक्सका वैज्ञानिक एवं शोधकर्ताले भनेका छन्, अहिले यो भाइरस पंक्षीमा देखिएको भएपनि यसले मान्छेलाई संक्रमित गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here