वाग्मती किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

काठमाडौं, १५ माघ । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी किनाराको दुवै तर्फ अनाधिकृत रुपमा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

समितिले सूचना जारी गर्दै समितिले वाग्मती नदी किनारको दुवैतर्फ गुह्येश्वरीदेखि थापाथली पुलसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थयाी संरचना हटाउन निर्देशन दिएको हो ।

यसअघि पनि यस्ता संरचना हटाउन पटकपटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनःसूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ ।

तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने छ ।

समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्मको नदि किनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो ।

यदी सात दिनभित्र उक्त संरचना नहटाइए समिति आफैँले भत्काउने उक्त सूचनामा उल्लेख छ । उक्त क्षेत्र खाली गराउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here