स्थानीय तहको चुनाव गर्ने सहमतीसँगै लगानीकर्ता उत्साहित, उच्च अंकले बढ्यो नेप्से

काठमाडौं, १६ माघ । सत्ता पक्षीय गठबन्धनबीच आगामी जेठसम्म स्थानीय तहको चुनाव गर्ने सहमती भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ ।

शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

निर्वाचन हुने निश्चित भएपछि शेयर लगानीकर्तामा आइतवार बजार खुलेदेखिनै उत्साह बढेको छ ।

चुनाव हुँदा ठूलो धनराशी परिचालन हुने र अर्थतन्त्र चलायमान हुँदा शेयर बजारमा पनि सकारात्मक असर पर्ने लगानीकर्ताको बुझाइ छ ।

साताको कारोबारको पहिलोदिन शेयर बजार उच्च अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) १०५.५५ अंकले बढेर २८८५. ५३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३१ कम्पनीको ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ बराबरको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ ४६ , होटल तथा पर्यटन १४१, निर्जीवन बीमा ४३१, माइक्रोफाइनान्स १७१, जलविद्युत १८२ अंकले बढेको छ ।

विकास बैंक ३१८, फाइनान्स १५२, उत्पादन समूह १९७ र लगानी समूह ५ अंकले बढेको छ । अन्य उपसमूह ८३ अंकले घटेको छ ।

आइतवार छ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जि कम्पनी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फाइन्ट्रक्चर, अरुण भ्याली हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर ९.०२, हिमालयन ऊर्जा, प्रोग्रेसिभ फाइनान्स, हिमाल दोलखा र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, हिमालयन पावर, सिन्धु विकास बैंक, कामना सेवा बैंक लगायत २ दर्जन कम्पनीको शेयरमूल्य ७ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल टेलिकमको २० करोडको कारोबार भएको ।

मञ्जुश्री फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here