चन्द्रागिरि हिल्स १ करोड ७३ लाख नोक्सानीमा, प्रतिशेयर आम्दानीमा सुधार

काठमाडौं, १७ माघ । चन्द्रागिरि हिल्स लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सोमबार प्रकाशित गरेको विवरण अनुसार १ करोड ७५ लाख ३० हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनी १२ करोड ३२ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

गत वर्षको तुलनामा चालु आवमा चन्द्रगिरिको सञ्चालन आम्दानी ४०३.२७ प्रतिशत बढेको छ। गत वर्ष पुससम्म ५ करोड १५ लाख संचालन आम्दानी गरेको कम्पनीले चालु आवमा बढेर २५ करोड ९२ लाख रुपयाँ पुगेको छ ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कम्पनीको कुल आम्दानी ५४४.३९ प्रतिशत बढेको छ । गत वर्ष पुससम्म कुल ३ करोड २९ लाख कमाएको कम्पनीले चालु वर्षको सोही अवधिमा २१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने १२३.६६ प्रतिशत बढेर ७ करोड ५ लाख पुगेको छ ।

हाल १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ४३ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नोक्सानी घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा व्यापक सुधार आएको छ । गत वर्ष १८.२६ रुपैयाँ ऋणात्मक रहेको प्रतिसेयर आम्दानी चालु वर्षको दोस्रो त्रैमासमा २.२९ रुपैयाँ ऋणात्मक छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ७१.४८ रुपैयाँ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here