ग्लाेबल आइएमईले जनता बैंकलाई गाभ्ने

काठमाडौं, २० असार । ग्लोबल आइएमई बैंक र जनता बैंक बीच बीच मर्जरमा जाने सहमति भएको छ ।

नेपाल राष्ट्रबैंकले ‘क’ वर्गका बैंकहरुलाई बिग मर्जरमा जान निर्देशन दिएपछि विभिन्न बैंकहरुबीच मर्जरको लागि छलफल चलिरहेको छ । यसै सन्दर्भमा ग्लोबल र जनता बीच मर्जरको लागि सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनु अघि ‘मर्जर’ को विषयमा उपयुक्त निर्णय गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएका थिए ।

शुक्रबार ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर पछि बैंकको नाम ग्लोबल आइएमई बैंक नै रहने छ ।

सेयर स्वाप रेसियो ८५ प्रतिशत रहने गरी दुई बैंकबीच मर्जरको सम्झौता भएको बताइएको छ ।

मर्जरपछि बैंकका अध्यक्षमा चन्द्र प्रसाद ढकाल नै रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षत्री रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here