नेपालमा फेरि बर्डफ्लू भेटियो, १७ सय पन्छी र ४ हजार अण्डा नष्ट

फाइलफोटो

काठमाडौं, १८ माघ । नेपालमा फेरि बर्डफ्लू भेटिएको छ । पशु सेवा विभागका अनुसार मोरङको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुरामा बर्डफ्लू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टी भएको हो ।

सो क्षेत्रमा बर्डफ्लु देखिएको र गत शुक्रबार र शनिबार १६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४२ सय अण्डा ११५० केजी दाना र ४ हजार अण्डा सुरक्षित तरिकाले नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ।

थप संक्रमण बढ्न नदिन सो आसपासका फार्मको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा ल्याइएको विभागले जनाएको छ ।

‘एच फाइभ एन वान’ भाइरसको संक्रमणले नेपालमा पहिलोपटक १५ चैत २०७५ मा एकजना मानिसको मृत्युसमेत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here