पोखरा शान्तिघाटमा विद्युतीय शवदाह मेसिन, एभरेष्ट बैंकको सहयोग

काठमाडौं, २० असार । एभरेष्ट बैंकले शान्तिघाट, पोखरामा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पोखरा महानगरपालिकाका उममेयर तथा सम्पुर्ण वडा अध्यक्षहरुको उपस्थितिमा मेयर मान बहादुर जि.सी. लाई मेसिन हस्तान्तरण गरिएको हो ।

बैंकका निर्देशक तथा ईबीएल सीएसआर समितिका अध्यक्ष डा. बाल गोपाल बैद्य, ईबीएल सीएसआर समितिका सदस्य डा. गणेश गुरुङ तथा एभरेष्ट बैंकका डेपूटी जनरल म्यानेजर राजीव जैनले मेसिन हस्तान्तरण गरेका छन् ।

मेसिनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ, जसले नष्ट हुने तातोलाई सदुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधि पनि कम गर्छ ।

यसले प्रति दाहसंस्कारका लागि २५० केजीभन्दा बढि काठ जोगाउने बताइएको छ ।

‘सर्भिस विथ स्माइल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आइरहेको बैंकले बताएको छ ।

सामाजिक जिम्मेवारीमा सदैव सक्रिय रहेको र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकहरुलाई लाभ हुने विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको पनि बैंकले बताएको छ ।

एभरेष्ट बैंकले हाल ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here