नेपाल एसबिआई बैंकका अध्यक्षमा बि.आर.एस. सत्यनारायण

काठमाडौं, २० असार । नेपाल एसबिआई बैंक संचालक समितिको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक बि.आर.एस. सत्यनारायणलाई बैंक संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष श्री बि.आर.एस. सत्यनारायणलाई नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय, बालुवाटारमा बिहीबार आयोजित एक समारोह बिच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

अध्यक्ष बि.आर.एस. सत्यनारायण, एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबिआईका एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्ने गर्छन् ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक नरेन्द्र सिंह विष्ट, का.मु. निर्देशकहरु विरेन्द्र दत्त अवस्थी तथा नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एसबिआई. भारतका नायव प्रबन्ध संचालक सुजित कुमार बर्मा, बैंकका संचालकहरु आर.एस. रमेश, बाल कृष्ण श्रेष्ठ, अर्जुन कुमार गौतम, केशव राज आचार्य, एवं बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागर लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here