सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा आन्दोलनका सबै कार्यक्रम स्थगित

काठमाडौं, २१ माघ । । जनमत पार्टीले लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ।

सिके राउत नेतृत्वको पार्टीका महासचिव चन्दन सिंहले विज्ञप्ति जारी गर्दै मौसममा आएको प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गरिएको जानकारी दिएका छन् ।

पार्टीले मौसमले साथ दिएअनुसार गाउँपालिका/नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्न कार्यकर्तालाई निर्देशन दिएको छ।

साथै पार्टीले अघि सारेका माग सम्बोधन नभए फागुन १ गतेदेखि आन्दोलनको कार्यक्रम ल्याउने महासचिव चन्दन सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जनमत पार्टीले गत माघ २ गतेदेखि तराई मधेसमा किसानका विभिन्न मुद्दाका उठाएर सडक अवरोधसहित गाडी तोडफोड गर्ने, आगजनी गर्ने लगायतका प्रदर्शन गर्दै आएको थियो ।

कर्मचारीलाई मोसो दल्ने, सार्वजनिक तथा व्यक्तिका गाडी तोडफोड गर्ने र लाठा लिएर सडकमा प्रदर्शन गरेर अराजकता मच्चाउँदै आएको यो पार्टीले पछिल्लो समय किसान आन्दोलनका नाममा पूर्वपश्चिम राजमार्ग अस्तव्यस्त पार्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here