भ्यालेन्टाइन्स डे विशेष भिभोटाइन फोटोग्राफी कन्टेस्ट, उत्कृष्ट ५लाई रु.३० हजार बराबरको स्पिकर

काठमाडौं २३, माघ। भिभोले प्रेम, खुशी तथा सुन्दर सम्बन्धको उत्सव मनाउन भिभोटाइन फोटोग्राफी कन्टेस्ट अन्तर्गत आफ्ना अमूल्य सम्झनाहरु दुनियाँसामु शेयर गर्ने अवसर प्रदान गरेको छ। भिभोले प्रयोगकर्ताहरुलाई फेब्रअरी ६ देखि अर्थात आइतबारदेखि सो कन्टेष्ट शुरु गरेको हो ।

कन्टेस्टमा सहभागी हुन र फोटोग्राफीका पारखीहरुलाई विशेष लागेका फोटो सामाजिक सञ्जालमा राख्न प्ररित गरिएको छ । सहभागी हुनका लागि फोटोग्राफीका शौखिनहरुले परिवार,साथीभाई, घरपालुवा, स्थान,स्मारक तथा आफूलाई मन पर्ने कुनै पनि विधाको उत्कृष्ट फोटो खिचेर ह्याशट्याग भिभोटाइनडे, भिभोमोमन्ट्स लेख्नुपर्नेछ ।

सबै सहभागीका तस्बिरहरु उपलब्ध भइसकेपछि भिभोले सबैभन्दा धेरै पोस्ट लाइक, शेयर, कमेन्ट तथा फोटोको सुन्दरताका आधारमा प्रत्येकलाई ३० हजार रुपैयाँ बराबरको साउण्ड कोर रेभ पार्टी कास्ट स्पीकर प्रदान गर्नेगरी उत्कृष्ट ५ विजेताहरु चयन गर्नेछ।

नेपाली नायक, मोडल तथा चलचित्र निर्माता प्रदीप खड्काले भिभोको साथमा कम्पनीको फेसबुक पेजमा यो अभियानको अनावरण गर्नेछन्।

यतिमात्र नभई भिभोले आफ्ना उपभोक्ताका लागि भी तथा वाई सिरिजका स्मार्टफोनको खरिद गर्दा पाउनेगरी प्रचारात्मक अफर पनि सञ्चालन गरिरहेको छ।

भिभो प्रयोगकर्ताका लागि फोटो खिचेर शेयर गर्दै आकर्षक पुरस्कार तथा नगद जित्ने ८ दिने उपभोक्तामुखी फोटोग्राफीको अवसर अगाडि सारेको छ।

अर्को प्रचारात्मक अफरमा भिभोले उपभोक्तालाई भिभो स्टोरहरुबाट भी सिरिजका स्मार्टफोन किन्दा २ हजार रुपैयाँको छुटसहितको डिस्काउन्ट भाउचर उपलब्ध गराउनेछ जसलाई अर्कोपटक भी सिरिजको फोन किन्दा प्रयोग गर्न सकिनेछ।

उक्त डिस्काउन्ट भाउचर आगामी फेबअरी २८ सम्म मान्य हुनेछ। ५० जना भाग्यशाली विजेता८ले भिभोको टीडब्लूएस २ई इयरबड तथा ३०० भाग्यशाली विजेताले लक्की ड्रमार्फत् स्मार्टफोन माउन्टिङ जित्न सक्नेछन्। यो अफर ६ देखि १४ फेब्रुअरीसम्म भिभो स्टोरहरुबाट भिभो स्मार्टफोन खरिद गर्दा लागू हुनेछ।

कन्टेस्ट घोषणाको पोस्टर फेब्रुअरी ६ मा भिभोको आधिकारिक सामाजिक सञ्जाल पेजहरु तथा व्यक्तिगत रुपमा भियो स्मार्टफोन यूजरहरुलाई शेयर गरिनेछ , साथै उनीहरुलाई फोटो खिचेर आफना फेसबुक टाइमलाइनमा भिभोको वाटरमार्क सहित क्लिक र शेयर गर्न साथै आफ्ना पोस्टका लिंक भिभोको आधिकारिक पेजमा रहेको कन्टेस्ट घोषणाको पोस्टरको मुनिपट्टिको कमेन्ट सेक्सनमा शेयर गर्न आग्रह गरिनेछ।

सहभागीहरुले फोटोको व्याख्या तथा महत्वमा क्याप्शन पनि अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ भने आफ्ना पोस्टमा भिभो नेपाललाई पनि ट्याग गर्नुपर्नेछ। कन्टेस्टका लागि योग्य हुन सहभागीहरुले भिभो नेपाललाई फलो गर्नुपर्नेछ भने भिभोका वाई, भी तथा एस सिरिजका फोनहरुमात्र प्रयोग गर्नुपर्नेछ। यो घोषणाको नतिजा तथा विजेता फेब्ब्रअरी १५ मा सार्वजनिक गरिनेछ।

कन्टेस्टका बारेमा भिभो नेपालका ब्राण्ड म्यानेजर पियुष गिरीले भने,‘हामी सधैं सर्वोच्च उपभोक्ता अनुभवमा विश्वास गर्छौं। हामी भिभोमा प्राविधिक इनोभेसन, अत्याधुनिक डिजाइन, आकर्षक अफर तथा कन्टेस्टका माध्यमबाट हाम्रा प्रिय ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न लागिपरेका छौं। यो ब्राण्डले सधैं उपभोक्ताको मागलाई प्राथमिकतामा राख्ने गरेको छ भने नेपालमा ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ घोषणा गर्न पाउँदा रोमाञ्चित अनुभव भइरहेको छ। यो अभियानले प्रतिभा प्रस्फुटन गराउने, मानिसहरुबीचको सम्बन्ध तथा प्रेमलाई अझ प्रगाढ बनाउने नीति लिएको छ जसले ब्राण्डलाई आफ्ना उपभोक्ताप्रतिको विश्वास, माया र निष्ठाको अझ नजिक पुर्याउने अपेक्षा गरिएको छ। बेनफेन आदर्शबाट निर्देशित हुँदै भिभो सधैं आफ्ना यूजरलाई संलग्न गराउने तथा त्यसैको सराहनास्वरुप उपहार प्रदान गर्ने तरिकाहरुको खोजीमा रहेको हुन्छ।‘

यो कन्टेस्टका बारेमा नायक तथा चलचित्र निर्माता प्रदीप खड्काले भने, ‘मेरो मनपर्ने ब्राण्ड भिभोका तर्फबाट यो निकै राम्रो पहलकदमी हो। ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ उपभोक्ताको माग पूरा गर्ने तथा त्यसलाई निश्चित अवसरमा उत्सवका रुपमा मनाउने कम्पनीको प्रतिबद्धताको कसी हो। म प्रेमको अनुपम प्रदर्शन गर्दै उत्कृष्ट पुरस्कार जितेको हेर्न निकै उत्साहित छु। यो विशेष अभियान हो र यो हाम्रा सबै भिभो प्रयोगकर्ताका लागि अविस्मरणीय रहनेछ भन्ने मैले आशा लिएको छु।’

सहभागीहरुले फोटोग्राफी कन्टेस्टका लागि भिभोको वाई, भी तथा एस सिरिज८का फोनहरुमात्र प्रयोग गर्नुपर्नेछ। यो भ्यालेन्टाइन्स सप्ताहमा प्रेमको उत्सव मनाउन चाहने तर भिभोका यी फोनहरु नभएकाहरुले तुरुन्तै भिभोका स्टोरहरुमा गएर खरिद गरी सिरिजका स्मार्टफोनको खरिदमा २००० रुपैयाँको निश्चित डिस्काउन्ट भाउचर तथा लक्की ड्र मार्फत् उत्साहजनक पुरस्कारहरु जित्न सक्नेछन्।

यो भाउचर आगामी फेब्रुअरी २८ सम्म अर्को भी सिरिजको फोन किन्दा प्रयोग गर्न सकिनेछ। यसबारे थप जानकारी र सहयोगका लागि भिभो नेपालको आधिकारिक फेसबुक पेज धधध।ाबअभदययप।अयmरखष्खयलभउब िहेर्दै गर्नुहोला।