फागुन १ गतेदेखि विद्यालय खुल्ने, सोमवारबाट जोरविजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं २३, माघ । फागुन १ गतेदेखि देशभरका विद्यालय खुल्ने भएका छन । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले कोभिडको तेस्रो लहरका कारण बन्द भएका विद्यालयहरु १ गते देखि खोल्न सिफारिस गरेको हो ।

१२ बर्ष पुराभएका बालबालिकाले स्वास्थ्य मापदण्ड पुरा गरेर नियमित विद्यालय जान सक्ने बताइएको छ । १२ बर्ष मूनिका बालबालिकालाई भने बारअनुसार पालैपालो कक्षामा सहभागी गराइने सिएमसीसीले जानकारी दिएको छ ।

त्यस्तै सिएमसीसीले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here