एमसीसीबारे प्रचण्डको दोहोरो चरित्रमाथि बाबुरामको कटाक्ष-‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रवाद’

काठमाडौं, २४ माघ । एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रमाथि जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराईले कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले एमसीसी एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्र देखाएको भन्दै कटाक्षा गरेका हुन् । एमसीसीलाई धेरै गिजोलिएमा त्यसको परिणाम गम्भीर हुनेतर्फ सबैलाई सचेतसमेत गराएका छन् ।

उनले लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रबाद । माछा देखे भित्र हात, सर्प देखे बाहिर हात । भित्र खाओवाद, बाहिर माओवाद, नेपाली राजनीति जवसम्म यो पाखण्डी र दुईजिव्रे प्रबृत्तिबाट मुक्त हुँदैन, तवसम्म देश बन्दैबन्दैन । एमसीसी जुन ढंगले गिजोलिँदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here