दुग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त आह्वान , व्यवसायिक कार्ययोजना अनिवार्य

काठमाडौं, २५ माघ । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त खुला गरेको छ ।

प्रतिस्पर्धाबाट महाप्रबन्धक छनोटको लागि दरखास्त आह्वान गरेको हो । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरेको छ ।

सूचना अनुसार ३० वर्ष उमेर पुगेर ६० वर्ष ननाघेका कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतमा कम्तिमा १० वर्षको कार्यअनुभव भएका नेपाली नागरिकले दरखास्त दिनसक्नेछन् ।

शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार भनिएको छ । उम्मेदवारले व्यवसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here