भारत र पाकिस्तानलाई जोड्ने लोकप्रिय क्रिकेटर

२१ असार, काठमाडौं । पाकिस्तानी अलराउन्डर क्रिकेटर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

करीव २० वर्ष देशका लागि खेलेका यी क्रिकेटरले इल्याण्डमा जारी विश्वकपसँगै सन्यासको घोषणा गरेका हुन् । पाकिस्तान र बंगलादेशबीचको खेलमा उनी टोलीको हिस्सा त थिए, तर प्लेइङ ११ मा भने पर्न सकेनन् ।

मलिकले आफ्नो फ्यानलाई धन्यवाद दिँदै सन्यासको घोषणा गरेका हुन् । उनी यस्ता क्रिकेटर हुन, जो पाकिस्तानमा मात्र नभई भारतमा पनि उत्तिकै लोकप्रिय छन् ।

त्यसैले त शनिबार भारत र पाकिस्तानको ट्वीटर टे्रन्डमा उनी अग्रस्थानमा छन् । फ्यानले धन्यवाद भन्दै क्रिकेट र भारत पाकिस्तानबीचको सम्बन्ध सुधारमा उनको प्रयासको प्रसंशा गरिरहेका छन् ।

सन् १९९९ बाट देशका लागि खेल्न थालेका उनले कुल २८७ एकदिवसीय क्रिकेट खेलेका छन् । नौ शतक र ४४ अर्धशतकसहित ७ हजार ५ सय ३४ रन बनाउनुका साथै १५८ विकेट पनि उनको नाममा छ ।

उनले पाकिस्तानका लागि ३५ टेस्टमा तीन शतक र ८ अर्धशतकसहित १ हजार ८९८ रन जोडेका छन् । १११ टी–२० टोलीको हिस्सा बनेका उनले सात अर्धशतकसहित २ हजार २६३ रन प्रहार गरेका छन् ।

बंगलादेशविरुद्ध पाकिस्तानले जित निकालेसँगै शोएब मैदानमा आए । त्यसपछि टोलीका सबै खेलाडिले उनलाई ‘गार्ड अफ अनर’ प्रदान गरे ।
उनले पाकिस्तानको नेतृत्व समेत गरेका थिए ।

उनी भारतीय टेनिस खेलाडी सानिया मिर्जाका श्रीमान हुन् । त्यसकारण भारतीय फ्यान उनलाई ज्वाईं मान्छन् । मलिकले सन्यासको घोषणा गरेसँगै मिर्जाले आफ्नो सानदार करियरका लागि बधाई दिएकी छिन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here