थप १९५७ जनामा कोरोना पुष्टी, ११ जना संक्रमितको निधन

काठमाडौं, २५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११८४ जना र ४१०५ जनाको एन्टिजेन परीक्षण गर्दा ७७३ गरी १९५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजार ६११ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१०३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ११ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here