अल्झिएको अल्झियै एमसीसी, संसद बैठक फेरि स्थगित

फाइलफोटो

काठमाडौं २५ माघ । बुधवार बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै बैठक सरेको जानकारी दिएका छन् ।

अर्को बैठक २ फागुनमा बस्ने जारी सूचनामा उल्लेख छ। पछिल्लो एक महिनामा प्रतिनिधि सभा बैठक पाँचौं पटक स्थागित भएको हो ।

यसअघि २२ पुस, २८ पुस, ३ माघ र १६ माघ बस्ने भनिएको बैठक पनि सूचना टाँसेर स्थगन गरिएको थियो। सरकारले अमेरिकी सहयोग एमसीसी संसदमा टेबुल गर्ने तयारी गरिरहेको छ ।

यसका लागि राजनीतिक सहमति खोज्न सरकारले बैठक सार्न संसद् सचिवालयलाई आग्रह गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here