वैदेशिक रोजगार विभागका महानिर्देशकको ५ महिनामै सरुवा, इपीएस शाखा प्रमुख पनि फेरिए

काठमाडौं, २५ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेलले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन्।

विभागका महानिर्देशक दीपक काफ्लेको ५ महिनामै सरुवा भएपछि पौडेलले जिम्मेवारी पाएका हुन् ।

पौडेल मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा थिए। त्यसअघि पौडेल भूमि व्यवस्था विभागका महानिर्देशक थिए।

वैदेशिक रोजगार सेवालाई पनि प्रविधिमैत्री बनाउन पौडेललाई विभागको जिम्मेवारी दिइएको मन्त्रालयको भनाइ छ। काफ्लेले भदौ १० गते वैदेशिक रोजगार विभागको जिम्मेवारी पाएका थिए।

यस्तै ईपीएस शाखाको प्रमुख पनि परिवर्तन गरिएको छ। सुरेश राउतलाई मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयमा रहेका उपसचिव पुष्प कट्वाललाई ईपीएस शाखाको जिम्मेवारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here