होटेल याक एण्ड यतिको पाँचतारे प्रमाणपत्र रद्द, बैंक खाता रोक्का-क्यासिनो र होटल चलाउन नपाउने

काठमाडौं, २६ माघ । सरकारले पाँचतारे होटेल याक एण्ड यतिको बैंक खाता रोक्का गरेको छ । बैंकको पाँचतारे स्तरको वर्गिकरण प्रमाणपत्र रद्द गरेको छ भने क्यासिनो र होटल संचालनमा समेत रोक लगाउने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार यस्तो निर्णय गरेको पर्यटन विभागले जनाएको छ ।

यस होटेल परिसरमा रहेको क्यासिनोले सरकारलाई बुझाउनु पर्ने दस्तुर तथा राजस्व नबुझाएको र सरकारले पटक पटक ताकेता गर्दा समेत अटेर गरेका कारण पर्यटन मन्त्री प्रेम आलेको सक्रियतामा होटेलमाथि कारवाही भएको हो । क्यासिनोले सरकारलाई ४२ करोड रुपैयाँ रोयल्टी बुझाउन बाँकि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here