पौडेलले ल्याएका बजेट संशोधन गरेका अर्थमन्त्रीले फेरि घटाए बजेटको आकार

काठमाडौं २७ माघ । सरकारले बजेटको आकार घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले आव २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् ।

खर्च हुन नसक्ने भएपछि शर्माले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेरेर बजेट संशोधन गरेको हो ।

चालु बर्ष सरकराले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो।

यसलाई १५ खर्ब ४६ अर्ब रुपैयाँमा झारिएको हो। अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारी लक्ष्य छ ।

त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य थियो ।

शर्माले भदौ अन्तिममा ल्याएको प्रतिस्थापन विधेयकमा १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ विनियोजन गरेका थिए ।

त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश बजेट ल्याउँदै चालु आवमा १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ खर्च हुने अनुमान राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here