आफ्नो शिक्षाको आधार तयार भएको विद्यालयमा जब भूपू-विद्यार्थीले खुसीको बहार ल्याए…

काठमाडौं, २९ माघ । आफ्नो प्राथमिक शिक्षाको पहिलो पाइला टेकेको शिक्षालयलाई मानिसले जीवनभर याद गर्छ । जन्मघर जस्तै माया गर्छ । यस्तै माया देखाएका छन् गुल्मीको मदाने गाउँपालिका, सिर्सेनीस्थित खन्युखर्क आधारभूत विद्यालयका भूपू विद्यार्थीले ।

‘श्री खन्युखर्क भूपू विद्यार्थी समूह’ले शुक्रबार विद्यालयमा अत्यावश्यक शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो । समूहका अनुसार शुक्रबार ६५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

यसअघि पहिलो चरणमा समूहले गत साउनमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । त्यसक्रममा मास्क, सेनिटाइजर, अक्सीमीटर, थर्मोमिटरसहितका उपकरण तथा सामग्री दिइएको थियो । शुक्रबार भने प्रिन्टर (विथ फोटोकपी एंड स्क्यानिङ्), प्राथमिक उपचार सामग्री बाकस, नोटिस बोर्ड, साउण्ड सिस्टमसहतिका उपकरण तथा सामग्री प्रदान गरिएको छ ।

सो अवसरमा विद्यालय परिवारबाट खुसी व्यक्त गरिएको थियो । भूपुविद्यार्थी समूहलाई फुल मालाले सम्मान गरिएको छ । विद्यार्थीहरूले समेत आफ्ना अग्रजको स्वागतमा नाचगान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here