क्यानका महानिर्देशकलाई अवकाश दिने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, १ फागुन । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वन नगर्न सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आइतवार छलफलको टुंगो नलागेसम्म क्षेत्रीलाई अवकाश नदिन अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको हो ।

सरकारले क्षेत्रीको ठाँउमा वरियतामापछि रहेका प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरिसकेको छ । यससंगै उनले काम गर्न नपाउने भएका छन् ।

क्षेत्रीले उमेर हदका कारण अवकाश पाएका थिए। तर, नागरिक उड्डयन प्राधिकरण ऐनमा महानिर्देशकको उमेर हदका विषयमा केही उल्लेख नभएको दाबी गर्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here