नेशनल हाइड्रोले घोषणा गर्यो लाभांश, ५० प्रतिशत हकप्रदको प्रस्ताव

काठमाडौं। नेशनल हाइड्रोपावर कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७\७८ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ। कम्पनीले गत वर्षसम्मको मुनाफाबाट सेयरधनीलाई १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद गरी कुल १९.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले लाभांश घोषणा भने पहिलो पटक गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले फागुन ३० गते २५ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा भर्चुअल माध्यमबाट विनायकनगर, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन १३ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, फागुन १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीले मात्र लाभांश पाउने समेत बताइएको छ ।