गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ- शहरी विकासमन्त्री राई

काठमाडौं, २२ असार । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताएका छन् ।

शहरी विकास तथा भवन निर्माण कार्यालयले आइतवार नेपालगञ्जमा आयोजना गरेको अन्तक्र्रियामा उनले भौतिक पूर्वाधार निर्माणका क्रममा वातावरण विनाश हुन नदिन सरकार सचेत छ भने ।

‘नेपालगञ्जमा सडक तथा नाला निर्माणका क्रममा जसबाट गल्ती भएको छ, त्यो सच्याउने जिम्मा पनि उसैले लिनुपर्छ’ मन्त्री राईको भनाइ थियोे ।

मन्त्रालयले नेपालगञ्जमा १० हजार रुखका बिरुवा रोप्ने तयारी भइरहेकाले यसका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरिने छ,उनले भने ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, पत्रकार, राजनीतिक दलका पदाधिकारी, निर्माण व्यवसायी तथा सरोकारवाला पक्षको सहभागिता थियो । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here