एक वर्षमा उपत्यकामा हराए १५ हजार मोबाईल फोन, फेला परे २ हजार मात्रै

–जितेन्द्र खनाल

काठमाडौं, २२ असार । काठमाडौं उपत्यकामा दैनिक सरदर ४२ वटा मोबाईल फोन चोरी भएको वा हराएको भनी प्रहरीमा उजुरी पर्ने गरेको छ ।

महानगरीय अपराध महाशाखाले दिएको चालु आर्थिक वर्षको असार १५ गतेसम्मको तथ्यांकलाई आधार मान्दा उपत्यकामा दैनिक ४२ वटा मोबाईल फोन चोरी हुने वा हराउने गरेको पाइएको हो ।

अपराध महाशाखाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता होविन्द बोगटीका अनुसार चालु आर्थिक वर्षको असार १५ गतेसम्ममा महाशाखामा १५ हजार ३ सय ३२ मोवाइल चोरी भएको निवेदन दर्ता भएको छ ।

ती मोबाईल फोनमध्ये प्रहरीले २ हजार ६२ वटा मोबाईल फोनको खोजी गरी मोबाईल धनीलाई बुझाईसकेको उनले जानकारी दिए ।
बाँकी १३ हजार २ सय ७० वटा मोबाईल फोनको भने खोजी कार्य भईरहेको उनले बताए ।

१३ प्रतिशत मात्रै फोन फेला पर्ने

चालु आर्थिक वर्षको असार १५ गतेसम्मको तथ्यांक अनुसार हराएका मध्ये १३ प्रतिशत मात्रै मोबाईल फोनहरु फेला पर्ने गरेका छन् ।
अन्य फोनहरुको पनि खोजी कार्य भईरहेको पनि प्रहरीले बताएको छ ।

मोबाईल हराउनेमध्ये धेरैले चोरी भएको उजुरी गर्छन् । उनीहरुको मोबाईल लुटपाट हुने, चोरी, पाकेटमारी हुने गरेको पाइन्छ ।

विशेषगरी मोबाईल फोन सजिलै बेच्न सकिने भएकाले पनि चोरहरुले मोबाईल फोन चोरी गर्ने गर्छन् ।

धेरै मानिसहरुले आफ्नो सामानको सुरक्षा नगर्ने बानीले पनि धेरै मोबाईल फोन हराउने गरेको प्रहरी बताउँछ ।

प्रहरीका अनुसार आजभोली मानिसहरुले महंगा स्मार्टफोन फोन हातमा बोकेर हिँड्ने गर्छन् तर, उनीहरुले सावधानी भने अपनाउँदैनन् । धेरैले गाडी, ट्याक्सी, रेस्टुरेन्ट लगायतका स्थानहरुमा मोबाईल छाडेरै हिँड्छन् । केहिले फिर्ता गर्छन्, तर केहिले लुकाएर आफै चलाउने वा बेचिदिने गर्छन् ।

कुन महिनामा कति मोबाईल हराए ?

साउन

साउन महिनामा १३ सय ८३ वटा मोबाईल हराएको निवेदन प्रहरीकोमा दर्ता भएको थियो । जसमा १ सय ७७ वटा फेला परे भने १२ सय ६ वटा मोबाईल फोनको खोजी कार्य भईरहेको अपराध महाशाखाले बताएको छ ।

भदौ

त्यस्तै भदौ महिनामा १२ सय ९ वटा मोबाईल फोन हराएको वा चोरीको निवेदन दर्ता भएको महाशाखाले जनाएको छ ।

जसमा १ सय ६० वटा मोबाईल फोन फेला परिसकेको र बाँकी १ हजार ४९ वटा मोबाईलको खोजी कार्य भईरहेको महाशाखाले जनाएको छ ।

असोज

११ सय ७० वटा मोबाईल फोन हराएको निवेदन असोज महिनामा परेको थियो । जसमा १ सय ४० वटा मोवाइल फेला परे भने १ हजार ३० मोबाईल फोनको खोजी कार्यको भईरहेको अपराध महाशाखाले जनाएको छ ।

कात्तिक

कात्र्तिक महिनामा ११ सय ७२ वटा फोन हराएको निवेदन प्रहरीमा दर्ता भएको थियो ।

जसमा १ सय ६७ वटा मोबाईल फेला पारी धनीलाई बुझाइएको र बाँकी १ हजार ५ वटा मोबाईल फोनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

मंसिर

मंसिर महिनामा १३ सय ५४ वटा मोबाईल फोन हराएको निवेदन प्रहरीकोमा दर्ता भएको जसमा १ सय ९७ वटा मात्रै मोबाईल फोन फेला पर्यो ।

पुस

पुस महिनामा १३ सय ९१ वटा मोबाईल हराएको निवेदन परेको थियो । ती मध्ये १ सय ९८ वटा फेला परेको र बाँकी ११ सय ९३ वटा मोबाईल फोनको खोजीकार्य भईरहेको प्रहरीले बताएको छ ।

माघ

माघ महिनामा १६ सय ४ वटा मोबाईल फोन हराएको निवेदन परेको थियो । जसमध्ये २ सय २० वटा फोन मात्रै फेला परे ।

फागुन

फागुनमा १३ सय ८७ वटा मोबाईल हराएको निवेदन परेको थियो । ती मध्ये १ सय ९७ वटा मोबाईल फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांक छ ।

चैत

त्यस्तै चैत महिनामा १२ सय ४२ वटा मोबाईल फोन हराएको निवेदन दर्ता भएको थियो । ती मध्ये १ सय ८४ वटा मोबाईल फेला परेको छ भने १ हजार ५८ वटा अझै भेटिएको छैन ।

बैशाख

बैशाखमा १४ सय १२ वटा मोबाईल हराएको निवेदन परेको थियो । जसमध्ये २ सय २४ वटा मोबाईल फेला परेको र बाँकी ११ सय ८८ वटा मोबाईल फोन अझै फेला परेको छैन् ।

जेठ

जेठ महिनामा १२ सय ७४ वटा मोबाईल फोन हराएको भएको निवेदन प्रहरीमा दर्ता भएको थियो । जसमा १ सय २३ वटा मोवाइल फेला परे भने १ हजार १ सय ५१ वटा फोन अझै फेला परेका छ्रैनन् ।

असार (१५ गतेसम्म)

चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात असार महिनाको १५ गतेसम्ममा ७ सय ३४ वटा मोबाईल फोन हराएको निवेदन दर्ता भएको छ ।

जसमध्ये ७५ वटा मोबाईल फोन फेला परेको र बाँकी ६ सय ५९ वटा फोनको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।

याे पनि पढ्नुहाेस्ः

स्मार्ट फोन हराएर चिन्तित हुनुहुन्छ ? गुगल म्यापको सहयोगमा यसरी खोज्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here