क्यान महासंघको सहकार्यमा नि:शुल्क सीपमूलक तालिम, कसरी दिने आवेदन ?

काठमाडौं, ४ फागुन । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघसंगको सहकार्यमा व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले नि:शुल्क सीप मूलक तालिमको लागि आवेदन खुलाएको छ ।

नि:शुल्क सीप सिकौ आत्मनिर्भर बनौ भन्ने नाराका साथ कामदारको लागि थप सीप तालिमको आवेदन खुल्ला गरेको हो ।

प्रतिष्ठानले तीन प्रकारका सीपमुलक तालिमका लागि आवेदन माग गरेको हो ।

तालिमका लागि २०० जनाको कोटारहेपनि उमेरहद भने तोकिएको छैन् । इच्छुकले फागुन १८ गते भित्र आवेदन दिइसक्नुपर्ने बताएको छ। प्रतिष्ठानको वेबसाइटमा गएर आवेदन दिन सकिने छ।

तालिममा उद्योग र व्यवसायमा कार्यरत कामदार वा स्वरोजगार व्यक्तिहरु, वैदेशिक रोजगारीबाट फर्केका र कोरोना महामारीको कारणले रोजगारी गुमाएका व्यक्तिहरुलाई विशेष प्रथामिकतामा राखिएको छ ।

तालिम अवधि १ महिना दिनको ४ घण्टा बिहान र बेलुका काठमाडौंमा नै हुनेछ ।

थप जानकारीका लागि Online Registration form: https://forms.gle/sKLu33GYA3dUbn1e6 क्यान महासंघको वेबसाइट मा हेर्न वा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) नेपालको सचिवालयमा खुसिबु सम्पर्क गर्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here