इन्धन खरिद लागत अहिलेसम्मकै उच्च, निगमलाई पाक्षिक २ अर्ब ४१ करोड नोक्सान

काठमाडौं, ५ फागुन । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ।

जस अनुसार निगमको १५ दिनको कुल घाटा २ अर्ब ४० करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले बुधवार राती नयाँ मूल्य सूची पठाएको हो ।

आईसीले पठाएको सूची अनुसार प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेको छ । आईओसीबाट मूल्य बढेर आएको भए पनि तत्काल नेपालमा मूल्य बढ्ने नबढ्ने निगमले खुलाएको छैन।

मूल्यबृद्धिसँगै अव पेट्रोलको मूल्य १४७ रुपैया ६१ पैसा, डिजेल १३० रुपैया ६२ पैसा पुग्नेछ ।

निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ । निगमले भारतबाट अब यसअघिको भन्दा ५ रुपैयाँ ५६ पैसा महंगोमा पेट्रोल किन्नेछ ।

यस्तै डिजेलको लागत मूल्य १ सय ४० रुपैयाँ ४८ पैसा पुगेको छ । डिजलको भाउ प्रतिलिटर भारतले ५ रुपैयाँ ६३ पैसा बढेर आएको हो ।

१५ दिनमा ७३ हजार ३ सय १० किलोलिटर डिजल बेच्दा निगमलाई १ अर्ब १३ करोड ४७ लाख रुपैयाँ घाटा हुनेछ ।

इन्धनको खरिद लागत इतिहासकै उच्च भएको छ । अब १ लिटर पेट्रोलको लागत १ सय ६१ रुपैयाँ ५ पैसा पर्ने भएको हो ।

यो लागतमा इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने ८९ रुपैयाँ ८८ पैसा, सरकारलाई बुझाउनुपर्ने ५८ रुपैयाँ ४८ पैसा कर, ५ रुपैयाँ ३६ पैसा ढुवानी भाडा, ६५ पैसा निगम खर्च, १ रुपैयाँ १३ पैसा प्राविधिक नोक्सानी र विक्रेतालाई ५ रुपैयाँ ५५ पैसा नाफा समावेश छ ।

इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here