धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

काठमाडौं ५,फागुन । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले साढे चार महिनादेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्तमा परेपछि साढे चार महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो । ढुंगाना बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिएका थिए ।

सरकारले अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएर प्रक्रिया अगाडि बढाएको थियो । योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको थियो।

हमालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्‍पिटालिटी, रियल इस्टेटलगायत क्षेत्रमा २९ वर्षको अनुभव छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here