निर्वाचन आयोगले माग्यो मतदाता शिक्षासम्बन्धी रचना, उत्कृष्ट पाँच \पाँचलाई नगद पुरस्कार

काठमाडौ ६, फागुन । निर्वाचन आयोग नेपालले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाका लागि तथा कथा लेखन प्रतियोगिता शुरु गरेको छ ।

आयोगले स्थानीय निर्वाचनका लागि सो सम्बन्धी विषयमा गीति सन्देश संवादमूलक सन्देश, लघु नाटक र लघु कथामा आधारित चलचित्र उत्पादन गर्नका लागि प्रतियोगिता सम्बन्धि सूचना जारी गरेको हो ।

सामाग्रीहरुको लेखन प्रतियोगितामा हुन चाहने रचनाकारहरुले आफ्नो रचना फागुन १९ गतेसम्म कार्यालय समयभित्र आयोगको वेव साइट https://election.gov.np/np मा पठाउन सकिने बताएको छ ।

साथै आयोगको कार्यालयमा आयोगको सचिवालयको निर्वाचन शिक्षा तथा सूचना केन्द्रमा खामबन्दी गरी बुझाउन सक्नेछन् ।
जसअनुसार गीति सन्देश १ मिनेटको, संवादममूलक सन्देश १ मिनेटको, संवादमुलक लघु नाटक ४ देखि ५ नाटक,लघु चलचित्र कथा २५ देखि ३० मिनेटको हुनुपर्ने छ ।

आयोगका अनुसार गीति सन्देश, संवादमूलक सन्देश, संवादमूलक लघु नाटक र लघु चलचित्र कथाका रचनाहरु स्थानीय तह निर्वाचनका लागि आम मतदतामा जागरण हुने खाले विषयबस्तुमा आधारित हुनुपर्ने छ । त्यस्तै स्थानीय निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व मतपत्रमा छाप लगाउने सही तरिका निर्वाचन आधार संहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी जस्त छुट्टाछुट्टै विष्यवस्तुमा आधारित भएर रचना गरी पठाउनुपर्नेछ ।

कुनै एक जना रचनाकारले प्रत्येक बिषय क्षेत्रका दुई वटासम्म रचना पठाउन सक्ने सुविधा आयोगले दिएको छ । जसअनुसार उत्कृष्ट रचनालाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने छ ।

आयोगले गीति सन्देश एक मिनेट र संवादमूलक सन्देश एक मिनेटको ५ ५ ओटा उत्कृष्ट लाई ५ हजार, संवादमूलक लघु नाटक ४ देखि ५ मिनेटको ५ ओटालाई १० हजार प्रदान गर्ने बताएको छ । त्यसैगरी लघु चलचित्र कथा २५ देखि ३० मिनेटको ५ ओटालाई २० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

उत्कृष्ट रचनाहरुमा आयोगको अधिकार हुनेछ र यस्ता रचनाहरुलाई आयोगले अडियो भिडियो उत्पादन र विभिन्न भाषामा अनुवाद गरी विभिन्न् माध्यमबाट प्रकाशन, प्रसारण, प्रदर्शन गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here