पेट्रोलियम पदार्थको मूल्यवृद्धि, निगमलाई पाक्षिक घाटा २ अर्ब १५ करोड

काठमाडौं, ८ फागुन । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ ।

ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।

शनिवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको हो ।

जस अनुसार निगमको १५ दिनको कुल घाटा २ अर्ब १५ रुपैयाँ पुगेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ कायम भएको छ ।

ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको निगमले बताएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप र पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ ६१ पैसा, डिजेल पाँच रुपैयाँ ६२ पैसा र हवाई इन्धन चार रुपैयाँ ९५ पैसा बढेर आएकाले नेपालमा पनि भाउ बढाएको निगमले जनाएको छ ।

गएको माघ मसान्तसम्म आफूले २४ अर्ब रुपैयाँ घाटा बेहोरिसकेको भन्दै निगमले पेट्रोलियम पदार्थ खरिदबापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न कठिनाइ भएको बताएको छ ।

इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here