बेरोजगार हुनुहुन्छ ? फागुनभित्रै वडा कार्यालय वा स्थानीय तहमा निवेदन दिनुस् !

फाइलफोटो

काठमाडौं, ८ फागुन । के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंलाई रोजगार उपलब्ध गराउने छ ।

बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी दिन दर्ताको लागि सूचना जारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार जारी गरेको सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९–०८० का लागि निवेदन अनुरोध गरेको छ ।

रोजजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ ।

रितपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानविन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पूरा गरेको प्रमाणित गर्नु पर्ने छ भने । त्यस्ता आवेदकलाई कम्तिमा १०० दिनको रोजगारी प्रदान गरिनेछ ।

आवेदक निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनु पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here