बाणिज्य बैंकको सेयरमा कम आकर्षण, कहाँ गए लगानीकर्ता ?

क्लाउडपत्रिका
काठमाडौं, २० माघ । केही सातायता वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घटदै गएको छ । कुल कारोबारमा बाणिज्य बैंकको अंश कम हुँदै जानुले यही संकेत गर्ने विज्ञहरु बताउँछन् ।

यो साता बजारमा १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । यसमध्ये वाणिज्य बैंकको अंश करिब ५१ करोड ११ लाख छ । यो कुल कारोबारको करिब ३८ दशमलव २ प्रतिशत भएको नेप्सेले जनाएको छ ।

सामान्य अवस्थामा कुल सेयर कारोबारमा वाणिज्य बैंक समूहले ५० प्रतिशतभन्दा बढी अंश ओगटछ । तर, पछिल्ला सातामा यस्तो अंश घटदै आएको छ । यही क्रममा गत साता कुल कारोबारमा बाणिज्य बैक समूहको अंश ३८ दशमलव २ प्रतिशतमा झरेको छ ।

यो वर्ष प्रामय सबै बाणिज्य बैंकहरुले अपेक्षा गरिएभन्दा कम लाभांश घोषणा गरेका छन् । पूँजी वृद्धिको प्रक्रिया पुरा भइसकेकाले अपवाद बाहेक बैंकहरुले यो वर्ष बोनस र हकप्रद सेयर घोषणा गरेका छैनन । यसकारण लगानीकर्ताले वाणिज्य बैंकको सेयरमा लगानी बढाउन चाहेका छैनन । लगानी विस्तार नभएपछि खरिद परिणाम घटेको र त्यसले कारोबार रकम पनि घटेको जनाइएको छ ।

अघिल्ला साताहरुको तुलनामा गत साता बिमा, जलविद्युत र लघुवित्त समूहको अंश बढेकाले बैंकिङ समूहको अंशमा कमी आएको विज्ञहरु बताउँछन् । उक्त अवधिमा बिमा समूहको अंश १४ दशमलव १९ प्रतिशत, जलविद्युतको करिब ११ प्रतिशत र संस्थापक सेयरको ८ दशमलव ०८ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here