संस्थागत र उपकरणगत विविधता नहुँदा सेयर बजार अस्थीर भयोः सेबोन अध्यक्ष

काठमाडौं, ८ फागुन । सेयर बजारमा संस्थागत तथा उपकरणगत विविधता नभएकोले सानो धक्काले पनि बजारलाई अस्थीर र उत्तारचढावपूर्ण बनाउने गरेको धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले बताएका छन् ।

आइतबार बोर्डमा पदबहाली गर्दै उनले भने, बजारलाई प्रतिरोधि बनाउन म लागि पर्नेछु । यस कार्यमा सबैको साथ, सहयोग र समन्वय रहने मेरो विश्वास छ ।

‘अहिले धितोपत्र बजार नेपाली समाजको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ र बजारको विकास, विस्तार र स्थायित्य कायम गर्ने ठूलो जिम्मेवारी बोर्डको काँधमा आएको छ,’ उनले भने ।

साना लगानीकर्ताको सुरक्षालाई विशेष प्राथमिकता दिने पनि उनले बताए ।
फागुन ५ गतेको मन्त्रीपरिषदको बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here