साताका प्रमुख १० कम्पनी, अपर तामाकोशी नम्बर १

क्लाउडपत्रिका
काठमाडौं, २० माघ । यो साता एक सय ८८ कम्पनीका सेयर कारोबार भए । जसमध्ये चार वटा वाणिज्य बैंक, तीन वटा जलविद्युत, नागरिक लगानी कोष र लघुवित्त र बिमा एक/एक गरी १० कम्पनी साताका प्रमुख १० कम्पनीको अग्रस्थानमा रहे । ती मध्ये पनि अपर तामाकोशीको सबैभन्दा धेरै कारोबार भएर प्रमुख स्थानमा रहयो । केही साता यता यता यो कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण धेरै देखिएको छ ।

लाभांश वितरणका लागि समिति गठन गरिएको, संस्थागत सुशासन राम्रो रहेको लगायत विभिन्न हल्लाहरु फैलाइएका छन् । यही कारण लगानीकर्ताले यो कम्पनीको सेयरमा लगानी बढाएको ब्रोकरहरु बताउँछन् । यद्यपि बजारमा आएका सबै हल्लाहरु सत्य नभएकाले लगानी गर्दा विवेकपूर्ण निर्णय गर्नुपर्ने ब्रोकरहरु बताउँछन् ।

यसैगरी, दोस्रो स्थानमा नागरिक लगानी कोष, तेस्रोमा पञ्चकन्यामाई हाइड्रोपावर, चौथोमा कालिका पावर कम्पनी, पाँचौंमा नेपाल इन्भेष्टमेन्ट बैंक र छौठौमा मेगा बैक छन् । यसैगरी सातौमा एनएमबी बैंक, आठौंमा प्रिमियर इन्स्योरेन्स छन भने नवौं र दशौंमा क्रमश उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल बैंक रहेको नेप्सेले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here