उच्च अंकले घट्यो नेप्से, सबै समूहको परिसूचक राताम्मे

काठमाडौं, १८ फागुन । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै त्यसको प्रभाव बजारमा देखिने आँकलन भइरहे पनि बजार उच्च अंकले घटेको छ ।

साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा झरेको छ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० बिन्दुमा रोकिएको थियो। सोमबार ४३.१० ले घटेर बजार २६१०.६० बिन्दुमा झरेको थियो।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँ बराबरको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर किनबेच भएका छन् ।

मंगलवारको तुलनामा कारोबार रकममा घटेको छ । त्यसदिन ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६७ रुपैयाँ बराबरको रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इस्सोरेन्सको भएको छ । यस कम्पनीको आज १६ करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा अरुण भ्याली कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड १९ बढीको कारोबार भएको छ ।

तेस्रोमा नेपाल दूरसञ्चार कम्पनीको कारोबार भएको छ । त्यसको १४ करोड १८ बढीको कारोबार भएको छ ।

कारोबार भएका धेरैजसो कम्पनीहरु घटेका छन् । आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

यस कम्पनीको शेयरमूल्य आज ८.२६ प्रतिशतले घटेको छ । युनाइटेड इदी मर्दी र न्यादीकोे शेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here